जलेको मन सेलाउन साँझ बिहान पिउने गर्छु,
तिम्रो खुसी देख्न लाई तड्पी तड्पी जिउने गर्छु ।
जल्दा जल्दै कहिले काहि कमजोर मुटु फुट्दो रहेछ,
टुक्रा टुक्रा जम्मा गरी घायल मुटु सिउने गर्छु !
कति गाह्रो हुदोरहेछ फुटेको मुटु जोड्न लाई,
सिउदा सिउदै थाकेर नै हो जहिले म पिउने गर्छु !
जलेको मन सेलाउन साँझ बिहान पिउने गर्छु,
तिम्रो खुसी देख्न लाई तड्पी तड्पी जिउने गर्छु ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment