यदि आफ्नो मोबाईल पानीमा खसिहाल्यो भने निम्न कुरामा ध्यान दिनुहोस, जसबाट क्षति कम गर्न सकिन्छ ।

→ तत्काल Power लाई disconnect गराउनुहोस ।
सबैभन्दा महत्वपूर्ण कुरा मोबाईललाई पानीबाट निकाल्नेवित्तिकै Power On गर्न नखोज्नुस । यसले circuit damage गराउन सक्छ । सक्दो छिट्टो ब्याट्रि र सिमकार्ड बाहिर निकाल्नुहोस ।
→ मोबाईलबाट सकेसम्म छिटो पानी निकाली सुख्खा बनाउनुहोस ।
यसका लागि compressed air/ wet-dry vacuum आदि ideal उपाय हुनसक्छन । तर सिधै hair dryer/heat lamp आदिमा नराख्नुस । यसले मोबाईलका पार्टपूर्जा पगाल्न सक्छ । हल्का न्यानो घाममा राख्दा राम्रो हुनसक्छ । सबै पानी सुक्न धेरै समय लाग्न सक्छ । तर नआत्तिनुस र धैर्य गर्नुहोस । पानी सोस्नका लागि बजारमा silicon gel पनि पाईन्छ ।
→ अब मोबाईल अन गरेर चेक गर्न सक्नुहुन्छ ।
सम्वभत अब काम गर्नेछ । यति गर्दापनि भएन भने एकपटक अर्को ब्याट्रि राखेर विचार गर्नुहोस । किनकि त्यो ब्याट्री damage भएको हुनसक्छ ।
अन्त्यमा कसै काम गरेन भने एकपटक मोबाईल technician सँग नै देखाउनुपर्ने हुन्छ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment