अतीत बल्झाउँछ बन्दुकका नाल नसम्झाउ,
दिन आएपछि आफै लान्छ पापी काल नसम्झाउ !
भोली जन्मिने सन्तानले पनि सुन्न सक्दैनन्,
मान्छे काटदा बगेका रगतका छाल नसम्झाउ !
बिना कसुर आफ्नै घर बाट निकालिएर,
सडकका पेटीमा दिनरात बिताएका बेहाल नसम्झाउ !!
भाईले दाईलाई ढलाएर संसार सबै जितेझै गर्ने,
एउटै आमाका सन्ततीको त्यो चाल नसम्झाउ !
आफ्नो मानो खाई आन्नदले सुत्न नपाएर,
रूदै कराउदै बिताएका ति दश साल नसम्झाउ !!!
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment