New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


'कम्प्युटर भाइरस' को इतिहास !!

Posted By SanoSansar.Net on Wednesday, May 16, 2012 No Comments
'कम्प्युटर भाइरस' कुनै जिवाणु वा जिवित प्राणी होइन । यो एकप्रकारको स्वत: पुनलेखन (copy) हुन सक्ने कम्प्युटर प्रोग्राम हो, जसले हाम्रो कम्प्युटरमा भएका फाइल र प्रोगामहरुलाई बिगार्ने, गलत निर्देशन दिने र खास प्रकारका कामहरु गर्न नदिने आदि गर्छ।
सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो। 'दिमाग' अथवा 'ब्रेन' नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए।
बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो।
हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन। बुट सेकट‍रलाई पु‍न नामाकरण् गरी देहायको सन्देश देखाउने गर्दथ्यो :


Welcome to the Dungeon © 1986 Brain & Amjads (pvt) Ltd VIRUS_SHOE RECORD V9.0 Dedicated to the dynamic memories of millions of viruses who are no longer with us today - Thanks GOODNESS!! BEWARE OF THE er..VIRUS : this program is catching program follows after these messages....$#@%$@!!

सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्गम स्थलको बारेमा पूर्ण रूपले स्पष्ट हुन सकिएको छैन। सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेनले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६मा यस ब्रेन भाइरसको निर्माण भएको थियो।
इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरूले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याएका छन्। जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन्।
[ नेपाली विकिपीडिया (wikipedia.org) बाट ]

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.