आफ्नो व्यापार व्यवसाय प्रवर्द्वन गर्ने उद्देश्यले होस् वा मात्र मनोरञ्जनका लागि, आजकल फेसबुक प्रयोगकर्ताहरुले अनेकौँ नाममा खोलेका फ्यान पेजहरु टन्नै मात्रामा देख्न पाईन्छ । यस्ता पेजहरु देख्दै गर्दा अनि मनपरेका पेजहरुलाई लाईक गर्दै गर्दा कहिलकाहिँ तपाईलाई पनि 'मैले पनि यस्तै पेज बनाउन पाए हुन्थ्यो' भन्ने सोच आएको छ ? वा कसरी बनाउने भन्ने बारेमा जानकारी नभएर पो अड्किनुभएको छ कि ?
अब ढुक्क हुनुहोस् , तपाईले यो पोस्टबाट एउटा साधारण फेसबुक फ्यान पेज कसरी बनाउने भन्ने बारेमा सजिलै जान्नुहुनेछ । यो निकै सजिलो र छोटो प्रक्रिया भएकोले जोकोहिले पनि केहि मिनेटमा नै आफ्नो फेसबुक पेज बनाई फ्यान बटुल्न सक्नुहुन्छ ।
कसरी बनाउने फेसबुक पेज ?
Step 1 :आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । होमपेजको पुछारमा वा आफूले भिजिट गरेको कुनै पेजको दाहिनेपट्टि Create a Page भन्ने अप्सन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् । ( वा सिधै यहाँ जानुहोस् ।
Step 2 :
अब तलको जस्तो पेज खुल्नेछ जहाँ ६ ओटा categories दिईएको हुन्छ । तपाईले आफ्नो पेज कुन अर्न्तगत राख्न चाहानुहुन्छ तीमध्ये कुनै एउटामा क्लिक गर्नुहोस् ।
Step 3 :
अब आफूले राख्न चाहेको पेजको नाम राख्नुहोस् र Enter गर्नुहोस् ।
यति गरीसकेपछि तपाईको पेज बनिसकेको हुनेछ, तर खालि ।
Step 4 :
तपाईलाई अब पेजको प्रोफाईल फोटो राख्न भनिन्छ । आफ्नो कम्प्युटरबाट सुहाँउदो फोटो अपलोड गर्नुहोस् वा कुनै वेबसाईटबाट राख्नुहोस् ।
Step 5 :
प्रोफाईल फोटो राखिसकेपछि तपाईलाई आफ्नो पेजको बारेमा छोटो description लेख्न भनिन्छ ।
त्यसपछि तपाईले त्यो पेज आफ्नो wall मार्फत सेयर गर्न सक्नुहुन्छ र आफ्ना साथिहरुलाई लाईक गर्नका लागि invite गर्न सक्नुहुन्छ ।
Step 6 :
तपाईले आफ्नो पेजको बारेमा कुनै जानकारी वा विवरण राख्नका लागि , पेजमा एडमिन (admin) हरु राख्न / हटाउनका लागि, प्रोफाईल फोटो फेर्नका लागि , पेजको लागि vanity url (www.facebook.com/username) राख्नको लागि आदि ईत्यादिको लागि पेज खुलेपछि देखिने Admin panal को Edit Page अप्सनमा गई आवश्यक परिवर्तन गर्न सक्नुहुन्छ ।
यति गरिसकेपछि तपाईको एउटा सामान्य फेसबुक पेज तयार हुन्छ । तपाईले आफ्नो स्ट्याटस् , फोटो, भिडियो वा लिँक आफ्ना पेजका फ्यानसामु प्रस्तुत गर्न सक्नुहुन्छ ।
कुनै समस्या आईपरेमा तलको कमेन्ट बक्सको प्रयोग गर्नुहोला ।
1 comments:
धन्यवाद एडमिन सर ।
Post a Comment