अन्तराष्ट्रिय स्तरमा ईन्टरनेटमा कारोबार गर्नका लागि नेपालमा भरपर्दो माध्यम अझै छैन । PayPal लाई नेपालमा अझै मान्यता दिईएको छैन । कुनै सफ्टवेयर किन्न होस् वा डोमेन/होस्टिङ , वा ईन्टरनेटमा काम गर्ने हरुले आफूले कमाएको डलर सिधै लिनका लागि होस् अझै समस्या भोगिरहनु परेको छ । अझ अत्यावश्यक अवस्थामा त चर्को शुल्क तिरेर अरु कसैबाट यो सेवा लिईरहनुपरेको पनि हुनसक्छ । यसको समाधानस्वरुप Payoneer Mastercard लाई तपाईले आफैँ प्रयोग गर्न सक्नुहुनेछ । पुरा जानकारी हेर्नुहोस् :
के हो Payoneer Mastercard ?
अनलाईन कारोबारका लागि Payoneer २०० भन्दा धेरै देशमा प्रयोग गरिने माध्यम हो । विश्वव्यापी रुपमा यसले आफ्ना प्रयोगकर्ताहरुलाई नि:शुल्क मास्टरकार्ड उपलब्ध गराउँछ । यति मात्र नभएर तपाईलाई Bank Of America को एउटा खाता पनि उपलब्ध गराउँछ । नेपालमा यसको प्रयोग विशेषत: PayPal भेरिफाई गर्न र PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिनबाट उतिनै खेर सजिलै निकाल्न सकिन्छ । सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ ।
के के चाहिन्छ कार्ड पाउनका लागि ?
Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ । यदि तपाईको नागरिकता अँग्रेजीमा पनि छ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ । नागरिकता अंग्रेजीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।
मास्टरकार्डका लागि कसरी Apply गर्ने ?
1. सबैभन्दा पहिले यहाँ जानुहोस् ।
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ । तर कम्तिमा $१०० को कारोवार गरेपछी ।
2. Sign Up मा क्लिक गर्नुहोस् ।
3. एउटा फर्म खुल्नेछ !
4. Start Here > मा क्लिक गर्नुहोस्
- आफ्नो सहि नाम र ईमेल आईडी लेख्नुहोस्
- आफ्नो पुरा ठेगाना दिनुहोस् । Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ । त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ । (पहिलो बक्समा ठाउँ/टोल र वार्ड नं , दोस्रो बक्समा घर नं लेख्नुहोला)
- आफ्नो सहरको नाम दिनुहोस् ।
- Postal Code : आफ्नो नजिकको हुलाकको Postal Code राख्नुहोस् । यदि तपाईलाई थाहा छैन भने यहाँ हेर्नुहोस् ।
- +977 सहित आफ्नो फोन नं दिनुहोस् । जस्तैः +97798460XXXXX
[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश र ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागी माथि भनेजसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा Tick लगाउनुहोस् र त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस् । अरु बाकीँ एउटै हो ]
5. Step II > मा क्लिक गर्नुहोस् ।
आफ्नो पासवर्ड राख्नुहोस् र र सेक्युरिटि प्रश्न छान्नुहोस् । आफूले सम्झने उत्तर दिनुहोला ।
6. Step III > मा क्लिक गर्नुहोस् । Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्ये कुनै एक छान्नुहोस् र त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस् । तर एउटा कुरा ध्यान राख्नुहोला, त्यहाँ "/" प्रयोग गर्न मिल्दैन, त्यसको सट्टा एउटा Space दिनुहोस् । जस्तै नागरिकता नं. 1234/567 छ भने 1234 567 लेख्नुहोस् ।
7. सबै I AGREE बक्समा Tick लगाउनुहोस् ।
8. FINISH बटनमा क्लिक गर्नुहोस् । केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ ।
7. सबै I AGREE बक्समा Tick लगाउनुहोस् ।
8. FINISH बटनमा क्लिक गर्नुहोस् । केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ ।
Application Submit गरेपछि के गर्ने ?
हरेक दिन आफ्नो ईमेल आईडि चेक गरिराख्नुस् । Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र तपाईलाई यति मिति सम्म कार्ड आईपुग्छ भनेर जानकारी गराउँछ । साथसाथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्स) को स्क्यान कपि अपलोड गर्न लगाउँछ ।प्राय: तपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो मास्टरकार्ड पाईसक्नुहुनेछ ।
Mastercard कसरी Activate गर्ने ?
- www.payoneer.com मा गएर आफ्नो ईमेल र पासवर्ड राखेर Log In गर्नुहोस् ।
- "To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।
- "Card Activation" मा क्लिक गर्नुहोस् ।
- अब आफ्नो कार्ड नम्बर र चार अंकको पिन न राखेर Ok गर्नुहोस् ।
3 comments:
I have already rechived mastercard but i done no how to load amount payneer from nepal
I hope you will solve my problem in next article
Please help maile payoneer mastercard apply gareko 4 months vayo but gmail ma chai mastercard send garisakyo vanera ako cha tara maile chai ahile samma pani pako chai. Please tell me now what to do? maile pashupati ko address and postal code rakheko theye. ani mastercard lina post office janu parcha ki ghar ma nai aaipugcha.
Post a Comment