के तपाई आफ्नो मोबाईलमा रहेका कुनै फोटो, म्युजिक वा भिडियो कसैले नदेख्ने गरी लुकाएर राख्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ र तपाईको मोबाईल जाभा (Java) प्लेटफर्मको हो भने काम गर्न निकै सजिलो छ । कुनै एप्लिकेशन वा सफ्टवेयरको प्रयोग नगरी तपाईले आफ्ना गोप्य सामाग्री लुकाउन सक्नुहुन्छ ।
कसरी लुकाउने फोल्डर ?
यसका लागि तलका स्टेपहरुमा भनेअनुसार गर्नुहोस :
- सबैभन्दा पहिला कुन कुन फोटो, म्युजिक फाईल वा भिडियो लुकाउन चाहानुहुन्छ तिनिहरुलाई कुनै नयाँ फोल्डरमा राख्नुहोस/Move गर्नुहोस् ।
- अब त्यो Folder को नामको पछाडी .jad राखेर Rename गर्नुहोस् ।
[ जस्तै तपाईले लुकाउन चाहेको फोल्डरको नाम Nepal छ भने त्यसलाई Rename गरेर Nepal.jad बनाउनुहोस् ]
- अब त्यही लोकेशनमा (जहाँ Nepal.jad फोल्डर छ) त्यही नामको तर पछाडी .jar राखेर अर्को Folder बनाउनुहोस ।
[ जस्तै अघि Nepal.jad बनाएको हुनाले अहिले Nepal.jar नामको फोल्डर बनाउनुहोस्]
- अब हेर्नुस त त्यो Name.jad फोल्डर हरायो, जुन कसैले देख्न सक्दैन !
हराएको फोल्डर फेरी कसरी देखाउने ?
त्यो हराएको Folder खोल्नलाई चाहिँ Name.jar वाला Folder लाई Rename वा Delete गरीदिनुस । तपाईको गोप्य फोल्डर आफैँ देखापर्छ ।
ध्यान दिनुपर्ने कुरा
File Manager बाट हराएपनि Media Player मा चाहिं त्यो Folder भित्रका सामाग्री देखिने हुनाले सावधानी अपनाउनुहोला :)
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Related Posts:
Mobile,
Tips and Tricks
6 comments:
Not working in my mobile: Karbonn K30
It's specially for Nokia S4O mobiles dude...
नोकिया mobile मा music player मा पनि नदेखाऊनको लागि आफ्नो मेमोरी कार्डमा folder बनाउनु पर्छ जसको नाम Tones or Recordings हुनुपर्छ र त्येस folder भित्र जति पनि folder बनाउनु सकिन्छ ................mobile मा file manager वन्ने java application को use गरेर त्यो folder हरु लाई hide गर्न सकिन्छ ........cizzan @gmail .com
नोकिया mobile मा music player मा पनि नदेखाऊनको लागि आफ्नो मेमोरी कार्डमा folder बनाउनु पर्छ जसको नाम Tones or Recordings हुनुपर्छ र त्येस folder भित्र जति पनि folder बनाउनु सकिन्छ ................mobile मा file manager वन्ने java application को use गरेर त्यो folder हरु लाई hide गर्न सकिन्छ ........cizzan @gmail .com
mero mobile ma opera mini instel nai hundaina k garne hola
operamini chalna ko lagi kamti ma symbian 40 series hunuparcha.....ani model no kati ho???? purano set ho vane Opera mini 3 download garera chalauda huncha
Post a Comment