आजकल फेसबुकमा 'Free मा मोबाईल रिचार्ज गर्ने' भनेर धेरै प्रकारका लिंकसहितका पोस्टहरु बिभिन्न Group र Profile हरुमा छरपस्ट भेटिन्छन् । तर विचार पुर्याउनुस यिनीहरुमध्ये धेरैले (केहि विश्वाशिला साईटबाहेक) तपाईहामी कसैलाई केहि दिदैंनन् । यस्ता Scam (झुटा) साईटबाट हामीले केहि पाउँदैनौं ।
अहिले फेसबुकमा सबैभन्दा धेरै देखिने एउटा उदाहरण :
Free Mobile Recharge Worth 10$(USD)!!!
Yippee..!! Wow it really works..!! I got 10$ free recharge instantly..Try it out guys...
के गर्न लगाईन्छ ?
जब हामीले ती लिंकमा Click गर्छौं, तब एउटा वेबपेजमा पुगिन्छ जहाँ केहि लिंकहरु Like र Share गर्न भनिएको हुन्छ । यी लिंकहरु प्राय: फेसबुक पेजहरुसगँ सम्बन्धित रहेको पाईएको छ । अनि हामीलाई माथि दिईएको जस्तो Message पोस्ट गर्न लगाईन्छ । त्यपछि अन्त्यमा रिचार्ज दाबी गर्नका लागि भनेर आफ्नो नाम, ईमेल, फोन नम्बर र देश राखेर भर्नुपर्ने फर्म हुन्छ ।के बेफाईदा हुन्छ हामीलाई ?
धेरै लिंकहरु Viral हुनसक्छन् । यिनीहरुले अनावश्यक फाईलहरु डाउनलोड गराउने आदि गर्न सक्छन । साथै, अनावश्यक फेसबुक पेजहरु लाईक गर्नाले हाम्रो News Feed वा होमपेज काम नलाग्ने Post ले भरीने समस्या हुनसक्छ । अनि अर्को महत्वपूर्ण कुरा, हाम्रो मोबाईल वा ईमेल मा अनावश्यक विज्ञापनहरु आएर (Internet Marketing) हैरान पार्नसक्छन् ।के गर्दा राम्रो ?
फेसबुकमा यस्ता Message वा Link पाउनुभयो भने हत्तपत्त Click नगर्नुहोस् । बरु तिनीहरुको बारेमा विस्तृत बुझ्न चाहानुहुन्छ भने Google आदिबाट बुझ्नुहोस् । केहीले अनावश्यक फाईल डाउनलोड गराउने हुदाँ भाइरस विरुद्ध Scan गरीराख्नुस् ।Kindly Bookmark this Post using your favorite Bookmarking service:



1 comments:
Hey admin some time you can reach good site which 100% pay see this Free Recharge using Facebook EmbeePay
Post a Comment