तपाईलाई कुनै निश्चित समयमा आफ्ना फेसबुक प्रोफाईल वा पेजमा कुनै स्ट्याटस (status) फोटो (photo) वा लिंक (link) सेयर गर्नुछ, तर तपाई सो समयमा अर्कै काममा व्यस्त हुनुपर्ने छ अथवा तपाई आफ्नो उपस्थिती नै नभएको अवस्थामा पनि आफ्नो फेसबुक एकाउन्टमा केहि कुरा सेयर गराउन चाहानुहुन्छ भने यो लेख उपयोगी हुनसक्छ ।
यहाँ एउटा यस्तो Application ~ POSTCRON को बारेमा लेख्न गईरहेको छु , जसमार्फत तपाई आफू व्यस्त रहने समयमा पोस्ट गर्नुपर्ने फेसबुक स्ट्याटस, फोटो वा लिंकलाई सेट गरी चाहेको समयमा सजिलै पोस्ट गराउन सक्नुहुन्छ ।
PostCron ले हामीलाई आफ्ना फेसबुक प्रोफाईल वा पेजका पोस्टहरु पछिको समयका लागि Schedule गर्न सहयोग गर्दछ । अरु यस्तै applications हरुभन्दा चलाउन सजिलो र आफूले schedule गरेकै समयमा पोस्ट गरिदिने हुँदा PostCron अरुभन्दा लोकप्रिय बन्दै गइरहेको छ ।
PostCron मार्फत फेसबुक पोस्टहरु Schedule गर्नका लागि निम्न अनुसार गर्नुहोस् :
Step 1
सबैभन्दा पहिला http://postcron.com वा http://apps.facebook.com/postcron मा जानुहोस, तल दिइएको जस्तो पेज खुल्नेछ :Register गर्नका लागि 'Facebook' Button मा Click गर्नुहोस । Application Access का लागि Permission माग्दा Allow मा Click गर्नुहोस ।
Step 2
त्यसपछि तलको जस्तो पेज देख्नुहुनेछ ।'Free Subscription' (U$D 0 x Month) छान्नुहोस जसमार्फत एकपटकमा १० ओटासम्म Post लाई Schedule गर्न सकिन्छ ।
Step 3
अब आफ्नो प्रोफाईल वा कुन पेजमा पेजमा पोस्ट गराउने हो छान्नुहोस र आफ्नो स्ट्याटस फोटो वा लिँक राख्नुहोस ।र अन्त्यमा कुन मिति र समयमा पोस्ट गराउन चाहानुहुन्छ Adjust गरी Schedule गर्नुहोस । Auto Schedule छान्नुभयो भने क्रममा रहेका सबै पोस्टहरु सेयर भईसकेपछि Postcron ले स्वतः तपाईको पोस्ट Share गरिदिनेछ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



4 comments:
Admin je mob bat afno profile ma matra milyo shedule rakhna page ma shedule rakhne option 6aina ta kasari ho plz ?
महेन्द्र जी, मोबाईलबाट पनि मज्जाले मिल्छ । यदि Options मा पेजहरु देख्नुभएन भने "Connect Account" Option मा गएर Add गर्नुहोस् ।
Thankyou admin ,now Success
em enjoying with postcron
स्वागतम् :)
Post a Comment