New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् । Send Free SMS From Ncell To Ncell

Posted By SanoSansar.Net on Wednesday, August 22, 2012 No Comments
ncell

तपाईहरुले हाम्रा पुराना पोस्टहरु हेर्नुभएको छ भने पक्कै पनि थाहा पाईसक्नुभयो होला, हामिले Ncell र Nepal Telecom (NTC) को नमस्ते मोबाईलको WEBSMS सेवा प्रयोग गरी आ-आफ्नो नेटवर्क भित्र प्रत्येक दिन १०/१० ओटा SMS सित्तैमा पठाउन सक्छौँ भनेर । नमस्ते मोबाईलमा कसरी यसको प्रयोग गर्ने भनेर यहाँ हेर्न सक्नुहुनेछ । अब लागौँ Ncell तिर ।

NTC को websms सेवाजस्तै हामिले यसको प्रयोग गरी Ncell बाट Ncell का मोबाईल मा दिनको १० ओटा SMS सित्तैमा पठाउन सक्छौँ । आफ्नै मोबाईल नम्बरबाट साधारण एसएमएस जसरी जाने , उत्तीनैखेर Deliver हुने र पछि पठाउने एसएमएसलाई समेत पहिल्यै Schedule गरेर राख्न मिल्ने भएकोले नेपाल टेलिकमको तुलनामा यसलाई राम्रो मान्न सकिन्छ ।

सूचारु गर्ने तरिका :

Ncell मा यो सेवा सुरु गर्नका लागि तपाईले मोबाईल नम्बर र सिमकार्ड लिदाँ प्रयोग गरीएको नागरिकता वा पासपोर्टको नम्वर राखेर यहाँ बाट सिधै अथवा http://ncell.com.np मा गई दायाँ तर्फ रहेको "Access your account online through E-care (Web Customer Care)" सगैँ रहेको Click Here बटन मा क्लिक गरी "Activate your ecare account" अन्तर्गत Ncell Ecare को एकाउन्ट खोल्नुपर्ने हुन्छ ।

Ecare को एकाउन्ट खोलीसकेपछि एसएमएसमात्र नभएर तपाईले आफ्नो व्यक्तिगत विवरण परिवर्तन गर्न , PIN Number , PUK Code थाहा पाउने , Call History हेर्ने , मोबाईल रिचार्ज गर्ने आदि सम्पूर्ण सुबिधा पाउनुहुन्छ ।
[ धेरैजसोमा नागरिकता वा पासपोर्ट नम्वरको फर्म्याट नमिलेर एकाउन्ट बनाउँदा समस्या आएको देखिएको छ । कुनै समस्या आएमा ९००५ मा डायल गरी सोध्न सक्नुहुन्छ ]

SMS पठाउने तरिका :

Ecare को एकाउन्ट बनाईसकेपछि माथिको जस्तो Click Here बटन मा क्लिक गरी वा सिधै यहाँबाट आफ्नो एकाउन्टमा Log In गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा देखिने Business Info Maintain अप्सन छान्नुहोस् । अब Send SMS भनेर देख्नुहुनेछ । त्यहाँ Click गर्नुहोस् र चाहेको नम्बर राखि SMS लेखेर पठाउनुहोस् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter

0 comments:

Post a Comment

 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.