फेसबुकले आफ्ना करोडौँ प्रयोगकर्ताहरुको सुविधाको लागि आफ्नो साइटलाई डेक्सटप (Desktop/Computer) र मोबाईल (Mobile) दुवै भर्सन (version) मा उपलब्ध गराएको छ । तरपनि फेसबुकमा समावेश गरिएका धेरै सेवा र फिचर (Features) हरु प्रयोग गर्न नमिल्ने भएकोले तपाईहामीमध्ये धेरैलाई मोबाईल भर्सन ले पुरा सन्तुष्टि भने दिन सकेको छैन । यहि कुरालाई ध्यानमा राखेर आज यस लेखमा जुनसुकै प्रकारका मोबाईल ब्राउजरबाट पनि डेक्सटप भर्सनमा (कम्प्यूटरमा जसरी) फेसबुक चलाउने उपाएलाई समावेश गरिएको छ, यसबाट प्राय : मोबाईलबाटै विभिन्न फेसबुक एप्लिकेशन वा पेजहरु चलाउन चाहाना राख्ने प्रयोगकर्ताहरुलाई पक्कै पनि धेरै सजिलो हुनेछ ।
कसरी चलाउने मोबाईलबाट कम्प्यूटरमा जसरी फेसबुक ??
- सबैभन्दा पहिला आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा Log In गर्नुहोस् ।- Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.php टाईप गरेर ok गर्नुहोस्, काम सकियो ।
अब तपाईको मोबाईलमा फेसबुक कम्प्युटरकै जसरी खुल्नेछ र तपाईले मज्जाले चलाउन सक्नुहुनेछ । कुनै समस्या आईपरेमा हाम्रो फेसबुक पेज वा तलको कमेन्ट बक्स प्रयोग गर्न सक्नुहुन्छ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment