संसारकै सर्वाधिक प्रयोगकर्ता भएको मोबाईल वेब ब्राउजर भएतापनि ओपेरा मिनी (Opera Mini) मा मोबाईलबाट फेसबुक चलाउँदै अनलाईनमा रहेका साथिहरु च्याट गर्ने सुबिधा भने छैन । तरपनि Nimbuzz, eBuddy, Mig33, FBChat, Sh Messenger आदिमध्ये कुनै वा यस्तैप्रकारका अरु कुनै Chat Applications हरु को प्रयोग नगरीकन आफ्नो मोबाईलकै वेब ब्राउजरबाट फेसबुक च्याट गर्ने एउटा उपाए यसअघि नै पोस्ट गरेको छु (यहाँ हेर्नुहोस् : मोबाईलको ब्राउजर बाटै फेसबुक च्याट गर्नुहोस् | Chat With Your Facebook Friends Using Any Mobile Browser )। आज यहि विषयमा अर्को उपाए लेख्दैछु जसमार्फत तपाईले ओपेरा मिनी को प्रयोग गरी अनलाईनमा रहेका आफ्ना फेसबुक साथिहरुसगँ सजिलै च्याट गर्न सक्नुहुन्छ ।
कसरी गर्ने ओपेरा मिनीबाट फेसबुक च्याट
१. ओपेरा मिनीबाट फेसबुक खोल्नुहोस र आफ्नो अकाउन्टमा Log In गर्नुहोस् ।२. त्यसपछि Address Bar मा तलको लिँक टाईप गरेर OK गर्नुहोस् ( वा सिधै यहाँ क्लिक गर्नुहोस् )।
| http://touch.facebook.com/buddylist.php |
३. अब अनलाईनमा रहेका आफ्ना साथिहरुको लिस्ट देख्नुहुनेछ । आफूले चाहेको नाममा क्लिक गर्नुहोस् र च्याट गर्नुहोस् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment