New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउनुहोस् । Disable Email Notifications From Facebook

Posted By SanoSansar.Net on Friday, September 28, 2012 1 Comment
fbnotifications

जति नोटिफिकेशन (Notification) हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको इनबक्स (Inbox) फेसबुककै इमेलहरुले भरिएको पक्कै पनि पाउनुभएको छ होला । यसले गर्दा अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ ।

कसरी फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउने ?



Step 1

आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । (मोबाईल प्रयोगकर्ताहरुले कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाए यहाँ हेर्नुहोला )

Step 2

पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु (account) मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् ।

1

Step 3

Notifications मा क्लिक गर्नुहोस् ।

2

Step 4

अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।

3

Step 5

हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।

4

यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter

1 comments:

Hamar Sandesh on July 16, 2013 at 5:03 AM said...

yasma bhaniyako kuni fharmulale kam gardai na yasma dekhyako step anusar facebook option audaina please help us

Post a Comment

 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.