तपाई गुगल कत्तिको चलाउनुहुन्छ ? संसारको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन चलाउन नजान्ने सायद कोहि छैनौँ होला । पहिलोपल्ट प्रयोग गरेको मानिसले पनि गुगल खोलेपछि त्यहाँ कुनै कुरा लेखेर सर्च बटनमा क्लिक गर्यो भने सम्बन्धित कुराहरु भेटिने रैछ भनेर सजिलै बुझ्न सक्छ । तर गुगल यतिमा मात्र सिमित छैन । एउटा कुनै शब्द वा वाक्य टाईप गर्दा लाखौँ नतिजा दिने गुगलमा आफ्नो आवश्यकताअनुसार खोजिएका कुराहरु तुरन्तै पाउन र अनावश्यक रिजल्टहरुबाट छुटकारा पाउनका लागि जानिराख्नुपर्ने केहि उपाएहरुको बारेमा यो पोस्ट तपाईहरुका लागि उपयोगि हुनसक्छ ।
सबैभन्दा पहिला गुगल सर्चसँग सम्बन्धित केहि सामान्य र आधारभूत नियमहरु थाहा पाईराख्नुस् :
1. सर्चका लागि टाइप गरिने शब्दहरु (Keyword) मध्ये पहिलो शब्द सबैभन्दा महत्वपूर्ण हुन्छ र सोहि क्रममा रिजल्ट आउँछ ।
2. सर्च गरिने वाक्यमा . , ! ? आदि चिह्नहरुको कुनै अर्थ हुदैँन । त्यसैले प्रयोग गर्नु र नगर्नु एउटै हुन्छ ।
3. Capital Letter (UPPERCASE) वा Small Letter (lowercase) जुनसुकैमा टाईप गरेतापनि दुबै एकै मानिन्छन् र आउने सर्च रिजल्टमा फरक पर्दैन ।
4. सुरुका दशओटा शब्द पछाडिका अरु शब्दले कुनै महत्व राख्दैनन् ।
5. Spelling Mistake भएमा सर्च रिजल्ट फरक पर्छ । तैपनि गुगलले सहि Spelling साथ सर्च गर्नका लागि मौका दिन्छ ।
6. Singular र Plural शब्दहरुलाई गुगलले फरक रुपमा हेर्ने हुदाँ रिजल्ट फरक पर्छ ।
7. THE, IN, IT, IS, WAS, WILL, BE आदि शब्दलाई गुगलले महत्व दिदैँन ।
यि त भए सामान्य कुराहरु । अब लागौँ गुगलका केहि विशेष विशेषताहरुतर्फ । जसमार्फत् सर्च रिजल्टमा आफूले खोजेकै कुराहरुलाई आफ्नो आवश्यकताअनसार छोटो समयमा नै प्राप्त गर्न सकिन्छ र अनावश्यक सर्च रिजल्टको झन्झट पनि हुदैँन।
| टाईप गरेको कुरा जस्ताको तस्तै पाउन (Google For Exact Phrase Search) : |
| कुनै साइटभित्र खोज्न (Google To Search Within A Specific Website) : |
जस्तै: site:sanosansar.net free sms
| समय पत्ता लगाउन (Google To Locate Time) : |
जस्तै: time kathmandu
| छुटेको शब्द पत्ता लगाउन (Finding Missing Words/Phrases) : |
जस्तै: dog has * legs
| परिभाषा खोज्न (Google Dictionary) : |
जस्तै: define: computer
| गुगल क्याल्कुलेटर (Google Calculator) : : |
जस्तै: 105+208, 198-89, 58*5, 309/75, sin(60)
| चाहेको फर्म्याटमा फाइल खोज्न (Google To Search For Specific File Type) : |
जस्तै: filetype:pdf history of nepal
| युनिट रुपान्तरण गर्न (Google For Unit Conversion) : |
| मुद्रा रुपान्तरण गर्न (Google For Currency Conversion) : |
| सर्च रिजल्टमा नचाहिएको शब्द वा वाक्य हटाउन (Exclude A Word or Phrase From Search Results) : |
जस्तै: mouse-computer ले कम्प्युटरसगँ सम्बन्धित बाहेक अरु mouse लाई देखाँउछ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment