तपाईहरुले हाम्रा पुराना पोस्टहरु हेर्नुभएको छ भने पक्कै पनि थाहा पाईसक्नुभयो होला, हामिले Ncell र Nepal Telecom (NTC) को नमस्ते मोबाईलको WEBSMS सेवा प्रयोग गरी आ-आफ्नो नेटवर्क भित्र प्रत्येक दिन १०/१० ओटा SMS सित्तैमा पठाउन सक्छौँ भनेर । नमस्ते मोबाईलमा कसरी यसको प्रयोग गर्ने भनेर यहाँ हेर्न सक्नुहुनेछ । अब लागौँ Ncell तिर ।
NTC को websms सेवाजस्तै हामिले यसको प्रयोग गरी Ncell बाट Ncell का मोबाईल मा दिनको १० ओटा SMS सित्तैमा पठाउन सक्छौँ । आफ्नै मोबाईल नम्बरबाट साधारण एसएमएस जसरी जाने , उत्तीनैखेर Deliver हुने र पछि पठाउने एसएमएसलाई समेत पहिल्यै Schedule गरेर राख्न मिल्ने भएकोले नेपाल टेलिकमको तुलनामा यसलाई राम्रो मान्न सकिन्छ ।
सूचारु गर्ने तरिका :
Ncell मा यो सेवा सुरु गर्नका लागि तपाईले मोबाईल नम्बर र सिमकार्ड लिदाँ प्रयोग गरीएको नागरिकता वा पासपोर्टको नम्वर राखेर यहाँ बाट सिधै अथवा http://ncell.com.np मा गई दायाँ तर्फ रहेको "Access your account online through E-care (Web Customer Care)" सगैँ रहेको
बटन मा क्लिक गरी "Activate your ecare account" अन्तर्गत Ncell Ecare को एकाउन्ट खोल्नुपर्ने हुन्छ ।Ecare को एकाउन्ट खोलीसकेपछि एसएमएसमात्र नभएर तपाईले आफ्नो व्यक्तिगत विवरण परिवर्तन गर्न , PIN Number , PUK Code थाहा पाउने , Call History हेर्ने , मोबाईल रिचार्ज गर्ने आदि सम्पूर्ण सुबिधा पाउनुहुन्छ ।
[ धेरैजसोमा नागरिकता वा पासपोर्ट नम्वरको फर्म्याट नमिलेर एकाउन्ट बनाउँदा समस्या आएको देखिएको छ । कुनै समस्या आएमा ९००५ मा डायल गरी सोध्न सक्नुहुन्छ ]
SMS पठाउने तरिका :
Ecare को एकाउन्ट बनाईसकेपछि माथिको जस्तो
बटन मा क्लिक गरी वा सिधै यहाँबाट आफ्नो एकाउन्टमा Log In गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा देखिने Business Info Maintain अप्सन छान्नुहोस् । अब Send SMS भनेर देख्नुहुनेछ । त्यहाँ Click गर्नुहोस् र चाहेको नम्बर राखि SMS लेखेर पठाउनुहोस् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment