
Gmail मा एकपटक Sign Up गर्दा कतिओटा जिमेल आईडि पाईन्छ ?
एउटा ? .......... दुईओटा ? .......... दशओटा ? .......... सयओटा ? .......... वा हजारओटा ? .......... कि यो भन्दा पनि धेरै ??
पक्कै पनि तपाईहामीमध्ये प्राय: सबैले दिने जवाफ हुन्छ - एउटा ! तर तपाईहरुलाई सुन्दा अचम्म लाग्छ होला, एउटा जिमेल एकाउन्ट बनाईसकेपछि हामिले लाखौँ , करोडौँ ईमेल आईडि पाँउछौँ । तर कसरी पाईन्छ त ? आउनुस यसबारे तीनओटा महत्वपूर्ण जानकारी लिईराखौँ ।
१. Gmail ले "." (dot) लाई गन्दैन ।
तपाईको जिमेल आईडि को बिचमा "." (dot) छ भने जिमेलले यसलाई गन्दैन ।जस्तै: तपाईको ओरिजिनल जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र ति जस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
s.anosansar@gmail.com
sa.nosansar@gmail.com
san.osansar@gmail.com
sano.sansar@gmail.com
sanos.ansar@gmail.com
sanosa.nsar@gmail.com
sanosan.sar@gmail.com
sanosans.ar@gmail.com
sanosansa.r@gmail.com
s.anosansa.r@gmail.com
आदि ईत्यादि !
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com) को ईनबक्समा आईपुग्छन ।
२. gmail.com र googlemail.com एउटै हुन् ।
मानौँ तपाइको जिमेल आईडि sanosansar@gmail.com छ भने sanosansar@googlemail.com लाई पनि तपाईले आफ्नो ईमेल आईडिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।३. Gmail ले '+' (plus) पछाडिका अक्षरहरुलाई गन्दैन ।
Gmail ले '+' पछाडिका कुनै पनि अक्षरहरुलाई गन्दैन । त्यसैले, तपाईको जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र तिजस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।sanosansar+abcd@gmail.com
sanosansar+apple@gmail.com
sanosansar+facebook@gmail.com
sanosansar+123@gmail.com
sanosansar+contact@gmail.com
sanosansar+nepal@gmail.com
sanosansar+admin@gmail.com
sanosansar+tricks@gmail.com
sanosansar+friend@gmail.com
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com)को ईनबक्समा आईपुग्छन ।
उपयोगिता :
जिमेलले नगनेतापनि अरु धेरै साईटले '.' , '+' आदिलाई मान्यता दिनेहुदाँ जिमेलका यि फिचरहरुको प्रयोग गरेर हामीले एउटै ईमेल आईडिबाट कुनै पनि साईटमा एकभन्दा धेरै एकाउन्टहरु बनाउन सक्छौँ । यो नै यसको सबैभन्दा महत्वपूर्ण फाईदाको कुरा हो ।Kindly Bookmark this Post using your favorite Bookmarking service:






1 comments:
Thank you admin ji for ur information
Post a Comment