New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा

Posted By SanoSansar.Net on Sunday, February 9, 2014 3 Comments
अन्तराष्ट्रिय स्तरमा ईन्टरनेटमा कारोबार गर्नका लागि नेपालमा भरपर्दो माध्यम अझै छैन । PayPal लाई नेपालमा अझै मान्यता दिईएको छैन । कुनै सफ्टवेयर किन्न होस् वा डोमेन/होस्टिङ , वा ईन्टरनेटमा काम गर्ने हरुले आफूले कमाएको डलर सिधै लिनका लागि होस् अझै समस्या भोगिरहनु परेको छ । अझ अत्यावश्यक अवस्थामा त चर्को शुल्क तिरेर अरु कसैबाट यो सेवा लिईरहनुपरेको पनि हुनसक्छ । यसको समाधानस्वरुप Payoneer Mastercard लाई तपाईले आफैँ प्रयोग गर्न सक्नुहुनेछ । पुरा जानकारी हेर्नुहोस् :

 के हो Payoneer Mastercard ?

अनलाईन कारोबारका लागि Payoneer २०० भन्दा धेरै देशमा प्रयोग गरिने माध्यम हो । विश्वव्यापी रुपमा यसले आफ्ना प्रयोगकर्ताहरुलाई नि:शुल्क मास्टरकार्ड उपलब्ध गराउँछ । यति मात्र नभएर तपाईलाई Bank Of America को एउटा खाता पनि उपलब्ध गराउँछ । नेपालमा यसको प्रयोग विशेषत: PayPal भेरिफाई गर्न र PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिनबाट उतिनै खेर सजिलै निकाल्न सकिन्छ । सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ ।

के के चाहिन्छ कार्ड पाउनका लागि ?

Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ । यदि तपाईको नागरिकता अँग्रेजीमा पनि छ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ । नागरिकता अंग्रेजीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।

मास्टरकार्डका लागि कसरी Apply गर्ने ?

1. सबैभन्दा पहिले यहाँ जानुहोस्
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ । तर कम्तिमा $१०० को कारोवार गरेपछी ।
2. Sign Up मा क्लिक गर्नुहोस् ।

3. एउटा फर्म खुल्नेछ !

4.    Start Here  >   मा क्लिक गर्नुहोस्
  • आफ्नो सहि नाम र ईमेल आईडी लेख्नुहोस्
  • आफ्नो पुरा ठेगाना दिनुहोस् । Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ । त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ । (पहिलो बक्समा ठाउँ/टोल र वार्ड नं , दोस्रो बक्समा घर नं लेख्नुहोला)
  • आफ्नो सहरको नाम दिनुहोस् ।
  • Postal Code : आफ्नो नजिकको हुलाकको Postal Code राख्नुहोस् । यदि तपाईलाई थाहा छैन भने यहाँ हेर्नुहोस्
  • +977 सहित आफ्नो फोन नं दिनुहोस् । जस्तैः +97798460XXXXX
[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश र ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागी माथि भनेजसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा Tick लगाउनुहोस् र त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस् । अरु बाकीँ एउटै हो ]
    5.    Step II  >    मा क्लिक गर्नुहोस् ।
    आफ्नो पासवर्ड राख्नुहोस् र र सेक्युरिटि प्रश्न छान्नुहोस् । आफूले सम्झने उत्तर दिनुहोला ।


    6.    Step III  >     मा क्लिक गर्नुहोस् । Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्ये कुनै एक छान्नुहोस् र त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस् । तर एउटा कुरा ध्यान राख्नुहोला, त्यहाँ "/" प्रयोग गर्न मिल्दैन, त्यसको सट्टा एउटा Space दिनुहोस् । जस्तै नागरिकता नं. 1234/567 छ भने 1234 567 लेख्नुहोस् ।

    7. सबै I AGREE बक्समा Tick लगाउनुहोस् ।

    8. FINISH बटनमा क्लिक गर्नुहोस् । केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ ।

    Application Submit गरेपछि के गर्ने ?

    हरेक दिन आफ्नो ईमेल आईडि चेक गरिराख्नुस् । Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र तपाईलाई यति मिति सम्म कार्ड आईपुग्छ भनेर जानकारी गराउँछ । साथसाथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्स) को स्क्यान कपि अपलोड गर्न लगाउँछ ।

    प्राय: तपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो मास्टरकार्ड पाईसक्नुहुनेछ ।

    Mastercard कसरी Activate गर्ने ?

    • www.payoneer.com मा गएर आफ्नो ईमेल र पासवर्ड राखेर Log In गर्नुहोस् ।
    • "To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।
    • "Card Activation" मा क्लिक गर्नुहोस् ।
    • अब आफ्नो कार्ड नम्बर र चार अंकको पिन न राखेर Ok गर्नुहोस् ।
    बधाई छ, तपाईको सम्पूर्ण काम पुरा भयो । अब तपाईले आफ्नो कार्डलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो कार्डको प्रयोग गरेर नेपालमा PayPal कसरी भेरिफाई गर्ने भन्ने बारेमा अर्को पोस्टमा लेख्नेछु, हेर्दै गर्नुहोला !
    Continue Reading

    लोडसेडिङ तालिका (Loadshedding Schedule) - 2070/09/02

    Posted By SanoSansar.Net on Monday, December 16, 2013 No Comments
    नेपाल विद्युत प्राधिकरणले आज मिति २०७० पुस २ गते मंगलबारदेखि लागु हुने गरी पछिल्लोपटक नयाँ लोडसेडिङ तालिका सार्बजनिक गरेको छ ।
    अबदेखि एक दिनबाहेक हरेक दिन तीन-तीन पटक गरी हप्तामा ६३ घन्टा लोडसेडिङ हुनेछ । तालिका यसप्रकार छ :

    फोटोलाई ठूलो बनाएर हेर्नका लागि फोटोमै क्लिक गर्नुहोला । त्यसपछि आफ्नो कम्प्युटरमा Save गर्नका लागि फोटोमा Right Click गरी Save Image As मा गई कुनै location छानी सेभ गर्न सक्नुहुनेछ ।
    Continue Reading

    Download Nepali Typeshala For Free

    Posted By SanoSansar.Net on Tuesday, December 10, 2013 No Comments
    Typeshala is one kind of useful software for those who want to learn and improve their typing speed. As this softwares comes with both Nepali(Devanagari) as well as English languages, you can boost up your typing skills in both languages.
    download+nepali+typeshala+free

    Download

    To download Typeshala Click Here

    How To Install Typeshala

    The above link downloads Typeshala in .rar format. You have to extract it first.
    After extraction, run TYPESHALA.exe
    Continue Reading

    Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम

    Posted By SanoSansar.Net on Saturday, October 5, 2013 1 Comment
    ब्लग एकप्रकारको अनलाईन डायरी हो जसमा आफुले जानेका, बुझेका वा भोगेका कुराहरु निर्धक्क राख्न सकिन्छ । यति मात्र नभएर अलि धेरै पाठक तान्न सकियो भने राम्रै आम्दानी पनि गर्न सकिन्छ ।
    ईन्टरनेटमा त्यस्ता धेरै अनलाईन विज्ञापनदाता कम्पनिहरु छन जसले उनीहरुको विज्ञापन हाम्रो ब्लग/वेबसाईटमा राखिदिएवापत राम्रै मूल्य दिने गर्दछन् । Google Adsense, BuySellAds, Media.net, Infolinks, Bidvertiser, Chitika आदि राम्रो चलेका कम्पनिहरु हुन् । यिमध्ये यो पोस्टमा हामी Bidvertiser को बारेमा जानकारी प्रस्तुत गर्दैछौँ, जुन अरुभन्दा सजिलो छ र जुनसुकै भाषाका ब्लगहरुमा प्रयोग गर्न सकिन्छ ।

    Bidvertiser

    के हो Bidvertiser?

    Bidvertiser एउटा ठूलो अनलाईन विज्ञापनदाता कम्पनि हो । यसका विज्ञापन तपाईले आफ्नो ब्लग/वेबसाईटमा राख्न सक्नुहुन्छ र उक्त विज्ञापनमा क्लिक भएअनुसार तपाईले डलर कमाउनुहुन्छ ।

    किन प्रयोग गर्ने Bidvertiser?

    तपाईको ब्लगमा अत्यन्तै थोरै Traffic छ (अर्थात पाठक/भिजिटरको सँख्या निकै कम छ) र अँग्रेजी बाहेक अरु भाषामा लेख्नुहुन्छ भने Adsense, BuySellAds, Media.net आदिबाट विज्ञापन पाउन लगभग असम्भव जस्तै हुन्छ । त्यसैले यिनीहरुको राम्रो विकल्पका रुपमा Bidvertiser लाई लिईन्छ । Approval का लागि कुनै समस्या नहुने र दिईएको विज्ञापनको कोड तत्कालै आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सुरु गर्न सकिन्छ । विज्ञापनमा एकपटक क्लिक भएवापत $0.02 देखि $2 सम्म पाईने भएकोले पनि यसलाई राम्रो मानिन्छ ।

    Sign Up Process

    1. यहाँ जानुहोस्PUBLISHER ACCOUNT का लागि Sign Up गर्नुहोस् ।
    2. आफ्नो सहि नाम, फोन नम्बर, ईमेल एड्रेस राखेर दिईएको फर्म भर्नुहोस् र चाहेको username र password राख्नुहोस् ।
    3. आफ्नो ईमेलमा आएको एक्टिभेसन कोड राखेर ईमेल भेरिफाई गर्नुहोस् । त्यसपछि त्यहाँ भनेअनुसार आफ्नो ब्लगको लिँक राखि Category छान्नुहोस् ।
    4. आफूले पैसा कुन माध्यमबाट लिने हो भनेर PAYMENT METHOD छान्नुहोस् । यदि नेपालमा हुनुहुन्छ भने Western Union छानेर आफ्नो सहि विवरण दिनुभयो भने सजिलो हुनेछ ।
    यति गरिसकेपछि तपाईको Bidvertiser Account तयार भयो ।

    विज्ञापन राख्ने तरिका :

    1. Bidvertiser मा Username र Password राखि Log In गर्नुहोस् ।
    2. पेजको अन्तिमतिर Bidvertiser Title, URL, Type, Click Points, Revenue आदि देख्नुहुनेछ । साथसाथै देखिने "GET AD CODE" बटममा क्लिक गर्नुहोस् ।
    3. अब त्यहाँ दिईएको Code लाई कपि गरि आफ्नो ब्लगको साईडबार (sidebar) वा पोस्टको बिचमा आफ्नो ईच्छाअनुसार राख्न सक्नुहुनेछ । जुन ठाउँमा कोड राख्यो, त्यहिँ विज्ञापन देखिनेछ ।
    4. विज्ञापनको Size मिलाउनलाई Choose Template अप्सन प्रयोग गर्नुहोला ।
    5. अर्को नयाँ ब्लगमा विज्ञापन राख्नलाई Add New Bidvertiser अप्सनको प्रयोग गर्नुहोला ।

    थप जानकारी :

    आफ्नो एकाउन्टमा जम्मा भएको डलर तपाईले न्यूनतम लिमिट पुगेको ३० दिनपछि (Net30) मात्र निकाल्न सक्नुहुन्छ । पेपाल (Paypal) बाट निकाल्नका लागि कम्तिमा १० डलर पुगेको हुनुपर्छ । त्यसैगरी Western Union का लागि कम्तिमा १०० डलर पुग्नुपर्ने हुन्छ ।
    Continue Reading

    सस्तोमा चलाऔँ एनसेलको ईन्टरनेट

    Posted By SanoSansar.Net on Tuesday, July 9, 2013 No Comments
    ncell

    मोबाईल ईन्टरनेट सेवाको गुणस्तरमा नेपाल टेलिकम (NTC) भन्दा धेरै अगाडि रहेतापनि एनसेल (NCELL) को ईन्टरनेट शुल्क तुलनात्मक रुपमा निकै महँगो छ । यि दुई विचमा तुलना गर्ने हो भने नेपाल टेलिकमको ईन्टरनेट प्रति १ एमबी (MB) करबाहेक ६० पैसामा चलाउन सकिन्छ भने एनसेलमा १ एमबी को करबाहेक ६ रुपैयाँ लाग्छ, अर्थात एनसेल नेपाल टेलिकमभन्दा १० गुणा महँङ्गो छ । तरपनि एनटीसीको अत्यन्तै खराब नेटवर्कको कारणले कयौँ नेपालीहरु महँङ्गै भएपनि एनसेल चलाउन बाध्य छौँ । तर एनसेलले बेलाबेलामा ल्याईराख्ने नयाँनयाँ प्याकेज र अफरहरुको बारेमा जानकारी राखिरहने हो भने सामान्य दरभन्दा निकै सस्तोमा ईन्टरनेट चलाउन सकिन्छ ।

    यि लेखहरु पनि नछुटाउनुहोस् :
    1. Nepal Telecom को नेटवर्क भित्र सित्तैमा SMS पठाउनुहोस् ।
    2. एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् ।


    हालसालै एनसेलले यस्तै अफर ल्याएको छ, जसबाट हामीले बढिमा प्रति एमबी ३ रुपैँयादेखि केहि पैसासम्ममा विभिन्न प्याकेजहरु सुचारु गर्न सक्छौँ । प्रत्येक १० एमबी वा सोभन्दा बढिको खरीदमा उतिनै डाटा फ्रिमा पाईने हुनाले अझ सस्तो पर्नेछ । समयको लिमिट त छदैँछ, नत्र शुल्ककै हिसाबले हेर्ने हो भने चाहिँ NTC कै हारहारीमा चलाउन सकिन्छ । यो अफर सिमित अवधीको लागि मात्र भएको बताईएको छ । हरेक प्याकेज र तीनका सम्पुर्ण जानकारीहरु यसप्रकार छन :

    Package No. 1

    • डाटा प्याक : 3MB
    • बोनस : छैन
    • जम्मा : 3MB
    • शुल्क : Rs. 6 (करबाहेक)
    • भ्यालिडिटि : 24 Hours
    • सूचारु गर्ने तरिका : *99091#
    • प्रति MB शुल्क : Rs. 2


    Package No. 2

    • डाटा प्याक : 10 MB
    • बोनस : 10 MB
    • जम्मा : 20 MB
    • शुल्क : Rs. 30 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99092#
    • प्रति MB शुल्क : Rs. 1.5


    Package No. 3

    • डाटा प्याक : 40 MB
    • बोनस : 40 MB
    • जम्मा : 80 MB
    • शुल्क : Rs. 99 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99093#
    • प्रति MB शुल्क : Rs. 1.2


    Package No. 4

    • डाटा प्याक : 100 MB
    • बोनस : 100 MB
    • जम्मा : 200 MB
    • शुल्क : Rs. 199 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99094#
    • प्रति MB शुल्क : Rs. 1


    Package No. 5

    • डाटा प्याक : 300 MB
    • बोनस : 300 MB
    • जम्मा : 600 MB
    • शुल्क : Rs. 299 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99095#
    • प्रति MB शुल्क : Rs. 0.5


    Package No. 6

    • डाटा प्याक : 500 MB
    • बोनस : 500 MB
    • जम्मा : 1000 MB
    • शुल्क : Rs. 399 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99096#
    • प्रति MB शुल्क : Rs. 0.4


    Package No. 7

    • डाटा प्याक : 1 GB
    • बोनस : 1 GB
    • जम्मा : 2 GB
    • शुल्क : Rs. 699 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99097#
    • प्रति MB शुल्क : Rs. 0.34


    Package No. 8

    • डाटा प्याक : 5 GB
    • बोनस : 5 GB
    • जम्मा : 10 GB
    • शुल्क : Rs. 1999 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99098#
    • प्रति MB शुल्क : Rs. 0.2


    Package No. 9

    • डाटा प्याक : 10 GB
    • बोनस : 10 GB
    • जम्मा : 20 GB
    • शुल्क : Rs. 2999 (करबाहेक)
    • भ्यालिडिटि : 30 Days
    • सूचारु गर्ने तरिका : *99099#
    • प्रति MB शुल्क : Rs 0.15


    [Note: यि प्याकेजहरु एनसेल कनेक्ट बाहेकका सबै ग्राहकहरुले प्रयोग गर्न सक्नुहुनेछ ]
    Continue Reading

    सित्तैमा फोन गर्ने एप्लिकेशन – Viber

    Posted By SanoSansar.Net on Wednesday, April 10, 2013 2 Comments
    viber free phone calls

    स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ । र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ । तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ ।

    viber अहिलेसम्म विभिन्न मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , ‍‌एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) । हाल आएर नोकिया सिरिज ६० (Nokia S60) अन्तर्गतका केहि सिम्बायन (Symbian) र नोकिया सिरिज ४० (Nokia S40) अन्तर्गतका केहि जाभा (Java) मोबाईलमा पनि यो एप्लिकेशन उपलब्ध छ । यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ ।

    पहिलो पटक viber इन्स्टल भएपछि यसले तपाइको लोकेसन र फोन नम्बर माग्दछ । त्यसपछि एस.एम.एस को मध्यम बाट एक्टिभेसन कोड पठाउछ । त्यो कोड प्रयोग गरेर तपाइले viber एक्टिभेट गर्नुपर्ने हुन्छ र एक्टिभेट भैसकेपछि यो एपले तपाइको मोबाइलमा भएको फोनबुक एक्सेस गर्न परमिसन माग्छ जुन तपाइले एलोउ गर्नु पर्छ । अरु एप्लिकेसनहरु मा जस्तो यसमा युजरनेम र पासवर्ड बनाउनु पर्ने , पटकपटक लग-इन गरिराख्नु पर्ने झन्झट गरिराख्नु पर्दैन । viber ले तपाइको फोन नंबरलाई नै युजर नेमको रुपमा प्रयोग गर्दछ । एक चोटी viber मा लग-इन भैसके पछि तपाइको फोनबुकबाट अरु viber प्रयोगकर्ताहरु लाई आफ्नो डाटाबेसमा इस्क्यान गर्छ र तपाइको viber को कन्ट्याक्ट लिस्टमा राख्दछ ।

    अब तपाइले सिधै आफ्नो फोनबाट ति viber प्रयोगकर्ताहरु लाई कल वा मेसेज गर्न सक्नु हुनेछ । तर यसका लागि दुवै जना ( कलर र रिसिभर ) इन्टरनेट संग कनेक्टेड हुनु आबश्यक छ । viber को इन्टरफेस एकदमै सरल र राम्रो छ । viber बाट कल गर्दा वा रिसिभ गर्दा नर्मल फोन प्रयोग गरे जस्तै हुन्छ , फरक यती मात्रै हुन्छ कि viber प्रयोग गर्दा पर्पल रंगको ब्याकग्राउन्ड देखिन्छ ।

    के यो साच्चै नि : शुल्क हो त ?

    तपाइले viber प्रयोग गर्दा ध्यानदिनु पर्ने कुरा के हो भने , तपाई कुन मध्यमबाट इन्टरनेट संग कनेक्टेड हुनुहुन्छ : वाई फाई या 3G ! यदि तपाईवाई फाई चलाउदै हुनुहुन्छ भने तपाइको फोन को ब्यालेन्स कम हुदैन तर यदि 3G चलाउदै हुनुहुन्छ भने तपाइले विचार पुर्याउनु पर्ने हुन्छ । Viber बाट १ मिनेट कल गर्दा लगभग २४० किलो-बाइट ब्यान्ड्विथ रेट खपत हुन्छ । जसको मतलब यदी तपाइले नेपाल टेलिकमको 3G सर्भिस प्रयोग गर्दै हुनुहुन्छ भने १ मिनेट कल गरेको लगभग३६ पैसा तपाइको फोनको ब्यालेन्सबाट काटीनेछ |

    (livingwithict.com को सहयोगमा)

    Continue Reading

    ईन्टरनेटबाट कमाएको पैसा आफ्नै हातमा कसरी पाउने | How To Receive Money Earned At Internet On Your Own Hands In Nepal

    Posted By SanoSansar.Net on Tuesday, January 29, 2013 5 Comments
    make money from internet

    यसअघि नै मैले अनलाईनबाट पैसा कमाउन सकिने साईटहरुका बारेमा केहि पोस्टहरु लेखिसकेको छु । तरपनि ति र तेस्तै अन्य साईटहरुमा जम्मा भएको पैसा आफूले कसरी पाउने भन्नेबारेमा धेरैले जिज्ञासा राख्नुभएको छ । त्यसैले यो पोस्ट लेख्दैछु ।

    के ईन्टरनेटबाट पैसा कमाउन सम्भव छ ?

    पक्कै पनि ! तपाई चाहानुहुन्छ भने ईन्टरनेटबाट पैसा कमाउनका लागि धेरै अवसरहरु छन् । एउटा कुरा सबैले याद राख्नुपर्छ कि तपाईहामी कसैलाई पनि केहि काम नगरी कसैले पैसा दिदैँन । तर फरक यति छ हामीले बाहिर गर्ने कामभन्दा ईन्टरनेटमा गर्ने काम केहि सजिलो र कसैको दवावमा नरहि आफ्नै फुर्सदको समयमा गर्न सकिन्छ । ब्लगिङ, एफिलिएट मार्केटिङ, अनलाईन सर्भे, फ्रिल्यान्सिङ आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाईक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, ईमेल पढेर, वा अन्य साना र सजिला काम (जस्तै: कुनै साईटमा साईन अप गरेर, कतै कमेन्ट गरेर, कुनैमा साथिलाई रिफर गरेर, कुनैमा लिँक प्रचार गरेर ) आदिबाट पनि दिनहुँ केहि डलरसम्म कमाउन सकिन्छ ।

    हुनत कयौँ व्यक्तिहरु ईन्टरनेट चलाएरै सम्पन्न भएका छन, तर हामी चाहिं यहाँ धनी बन्ने भन्दापनि फुर्सदको समयको सदुपयोग गरेर केहि आम्दानी गर्ने उपाएहरुबारे कुरा गर्नेछौँ ।

    तर... विचार पुर्याउनुस् !!

    मुख्य कुरा त तपाईले सुरु गर्नुभन्दा अगाडि कुन साईटले तपाईलाई पैसा दिन्छ कुनले दिदैँन भनेर राम्रोसगँ छुट्टाउन सक्नुपर्छ । हामीमाझ त्यस्ता धेरै त्यस्ता साईटहरु छन जुन झट्ट हेर्दा सहि लाग्छन तर जब तिनिहरुबाट पैसा निकाल्ने समय आउँछ तब बल्ल हामिले आफू ठगिएको महसुस गर्छौ । त्यसैले सहि साईट र कार्यक्रमको छनोट गर्न सकेमा मात्र आफ्नो समय र मेहेनत खेर जानबाट जोगाउन सकिन्छ ।

    पैसा त कमाईयो... तर कसरी पाउने त्यो पैसा ??

    अब लागौँ मुख्य विषयतिर, विभिन्न साईटमा पैसा कमाउन त सकिन्छ तर आफ्नै हातमा पाउन चाहिँ के गर्ने ?

    धेरै साईटहरुले न्यूनतम लिमिट पुगेपछि आफ्ना प्रयोगकर्ताहरुलाई पैसा पठाउन प्रयोग गर्ने मुख्य माध्यम भनेका Paypal, Payza, Moneybookers आदि ईत्यादि अनलाईनमा पैसाको कारोबार गर्ने (Online Payment Processor) साईटहरु हुन् । यि साईटहरुले बैँक को जस्तो काम गर्छन् , जसलाई आफ्नो वास्तविक बैँक एकाउन्टसगँ कनेक्ट गरी जम्मा भएको पैसा सिधै पाउन सकिन्छ ।

    अरुको तुलनामा Paypal लाई नै विश्वभर सर्बाधिक लोकप्रिय, अत्याधिक प्रयोग गरिने र विश्वाशिलो मानिन्छ । तर हामी नेपालीको बिडम्बना नै भन्नुपर्छ Paypal लाई नेपाली बैँकमा कनेक्ट गर्न सकिँदैन । नेपालबाट हामिले एकाउन्ट बनाउन त सक्छौँ तर त्यसमा अन्य Paypal एकाउन्टबाट पैसा पाउन सक्दैनौँ जबकि आफ्नो एकाउन्टमा ब्यालेन्स छ भने अरुलाई पठाउन मात्र सक्छौँ ।
    त्यसैले नेपालजस्तै मुलुकका लागि Payza लाई Paypal को राम्रो विकल्पका रुपमा लिईन्छ । Payza लाई नेपालका केहि बैँकहरुका एकाउन्टमा कनेक्ट गरी सिधै कारोबार पनि गर्न सकिने जनाईएको छ ।

    नेपालमा हुनुहुन्छ ??

    नेपालमा Paypal Verify गर्न नमिल्ने तथा Payza को पनि सिमित र केहि अप्ठ्यारो प्रक्रिया भएको हुनाले मैले पनि भेरिफाई नगरिएकै एकाउन्टहरुबाट कारोबार गर्दै आएको छु र त्यसकै बारेमा यहाँ लेख्दै छु ।

    सबैभन्दा पहिले तपाईको कुनै विश्वाशिलो साथी वा नातेदार विदेशमा हुनुहुन्छ भने उहाँलाई यस्ता साईटहरु (Paypal, Payza) बारे जानकारी छ कि छैन बुझ्नुहोस् , प्राय अमेरिका / क्यानडा / यूरोप तिर हुनुभएकाहरु धेरैले Paypal को प्रयोग गर्नुहुन्छ । नेपालबाट अरु देश छानेर एकाउन्ट बनाउन खोज्दा जुनसुकै बेला एकाउन्ट ब्लक हुन सक्ने भएकोले पहिले तपाईको नाममा Paypal एकाउन्ट खोल्न लगाउनुहोस् (Payza को एकाउन्ट चाहिँ नेपालबाटै खोल्न सकिन्छ) । उहाँहरु स्वंमको भेरिफाईड एकाउन्ट छ भने त झनै सजिलो, छैन रैछ भने पनि कि त खोल्न लगाउनुस् वा अर्को कुनै भेरिफाईड एकाउन्ट भएको व्यक्तिसगँ सम्पर्क गर्नुहोस् ।

    जब तपाईले काम गरेका बेवसाईटबाट पैसा लिने बेला हुन्छ तब आफ्नो लागि बनाईएको Paypal/Payza एकाउन्टको ईमेल आईडि दिनुहोस् । अब तपाईको तपाईले पैसा संकलन गर्दै जानुस् । जब आफूलाई आवश्यकता पर्छ, उक्त व्यक्तिको भेरिफाईड एकाउन्टमा पठाईदिनुस् , उसले उक्त रकम आफ्नो बैँक एकाउन्टमा पाउँछ । त्यो रकम विभिन्न रेमिट वा मनि ट्रान्फरबाट तपाईलाई पठाउन भन्नुहोस् ।

    यसबाहेक तपाईले आफ्नै Paypal/Payza एकाउन्टमा जम्मा भएको पैसालाई सिधै अन्य काममा पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै: अनलाईनमा मोवाईलको रिचार्ज पिन किन्न, आफ्नो साईटको लागि डोमेन किन्न तथा होस्टिङ गराउन, ईन्टरनेटबाट Ebook तथा सफ्टवेयरहरु किन्न आदि ईत्यादि ।


    Continue Reading

    आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने उपाए | Get Free Likes On Your Facebook Status Or Photo

    Posted By SanoSansar.Net on Friday, January 4, 2013 1 Comment
    Get Free Likes On Your Facebook Status Or Photo

    फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस् उनीहरुको News Feed मा देखिदैँनन् । तैपनि अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो :-) ) भन्ने बारेमा जानकारी पाउनुहुनेछ ।

    मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ ।

    Step 1

    सबैभन्दा पहिले तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सक्नुहुन्छ ।

    Step 2

    आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।

    Step 3

    त्यसपछि ब्राउजरमा www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले "Click Here" लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि "Xperia smart phone पेज" मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको "Install" बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।

    Step 4

    address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।

    Step 5

    त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।

    यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ ।

    Note: I Will Not Be Responsible For Any MisUse Of Your Account. Use It At Your Own Risk


    Continue Reading

    कसरी बनाउने फेसबुक पेज ? How To Create A Facebook Fan Page

    Posted By SanoSansar.Net on Thursday, December 13, 2012 1 Comment
    facebook page

    आफ्नो व्यापार व्यवसाय प्रवर्द्वन गर्ने उद्देश्यले होस् वा मात्र मनोरञ्जनका लागि, आजकल फेसबुक प्रयोगकर्ताहरुले अनेकौँ नाममा खोलेका फ्यान पेजहरु टन्नै मात्रामा देख्न पाईन्छ । यस्ता पेजहरु देख्दै गर्दा अनि मनपरेका पेजहरुलाई लाईक गर्दै गर्दा कहिलकाहिँ तपाईलाई पनि 'मैले पनि यस्तै पेज बनाउन पाए हुन्थ्यो' भन्ने सोच आएको छ ? वा कसरी बनाउने भन्ने बारेमा जानकारी नभएर पो अड्किनुभएको छ कि ?
    अब ढुक्क हुनुहोस् , तपाईले यो पोस्टबाट एउटा साधारण फेसबुक फ्यान पेज कसरी बनाउने भन्ने बारेमा सजिलै जान्नुहुनेछ । यो निकै सजिलो र छोटो प्रक्रिया भएकोले जोकोहिले पनि केहि मिनेटमा नै आफ्नो फेसबुक पेज बनाई फ्यान बटुल्न सक्नुहुन्छ ।

    कसरी बनाउने फेसबुक पेज ?

    Step 1 :
    आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । होमपेजको पुछारमा वा आफूले भिजिट गरेको कुनै पेजको दाहिनेपट्टि Create a Page भन्ने अप्सन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् । ( वा सिधै यहाँ जानुहोस् ।
    Step 2 :
    अब तलको जस्तो पेज खुल्नेछ जहाँ ६ ओटा categories दिईएको हुन्छ । तपाईले आफ्नो पेज कुन अर्न्तगत राख्न चाहानुहुन्छ तीमध्ये कुनै एउटामा क्लिक गर्नुहोस् ।
    create facebook fan page - 1

    Step 3 :
    अब आफूले राख्न चाहेको पेजको नाम राख्नुहोस् र Enter गर्नुहोस् ।
    create facebook fan page - 2
    यति गरीसकेपछि तपाईको पेज बनिसकेको हुनेछ, तर खालि ।

    Step 4 :
    तपाईलाई अब पेजको प्रोफाईल फोटो राख्न भनिन्छ । आफ्नो कम्प्युटरबाट सुहाँउदो फोटो अपलोड गर्नुहोस् वा कुनै वेबसाईटबाट राख्नुहोस् ।
    create facebook fan page - 3

    Step 5 :
    प्रोफाईल फोटो राखिसकेपछि तपाईलाई आफ्नो पेजको बारेमा छोटो description लेख्न भनिन्छ ।
    create facebook fan page - 4
    त्यसपछि तपाईले त्यो पेज आफ्नो wall मार्फत सेयर गर्न सक्नुहुन्छ र आफ्ना साथिहरुलाई लाईक गर्नका लागि invite गर्न सक्नुहुन्छ ।

    Step 6 :
    तपाईले आफ्नो पेजको बारेमा कुनै जानकारी वा विवरण राख्नका लागि , पेजमा एडमिन (admin) हरु राख्न / हटाउनका लागि, प्रोफाईल फोटो फेर्नका लागि , पेजको लागि vanity url (www.facebook.com/username) राख्नको लागि आदि ईत्यादिको लागि पेज खुलेपछि देखिने Admin panal को Edit Page अप्सनमा गई आवश्यक परिवर्तन गर्न सक्नुहुन्छ ।
    create facebook fan page - 5

    यति गरिसकेपछि तपाईको एउटा सामान्य फेसबुक पेज तयार हुन्छ । तपाईले आफ्नो स्ट्याटस् , फोटो, भिडियो वा लिँक आफ्ना पेजका फ्यानसामु प्रस्तुत गर्न सक्नुहुन्छ ।
    create facebook fan page - 6

    कुनै समस्या आईपरेमा तलको कमेन्ट बक्सको प्रयोग गर्नुहोला ।


    Continue Reading

    एउटा जिमेल एकाउन्टबाट हजारौँ इमेल आईडि बनाउने उपाए | Trick To Use Multiple Email IDs For Single Gmail Account

    Posted By SanoSansar.Net on Friday, December 7, 2012 1 Comment
    Gmail Logo

    Gmail मा एकपटक Sign Up गर्दा कतिओटा जिमेल आईडि पाईन्छ ?
    एउटा ? .......... दुईओटा ? .......... दशओटा ? .......... सयओटा ? .......... वा हजारओटा ? .......... कि यो भन्दा पनि धेरै ??

    पक्कै पनि तपाईहामीमध्ये प्राय: सबैले दिने जवाफ हुन्छ - एउटा ! तर तपाईहरुलाई सुन्दा अचम्म लाग्छ होला, एउटा जिमेल एकाउन्ट बनाईसकेपछि हामिले लाखौँ , करोडौँ ईमेल आईडि पाँउछौँ । तर कसरी पाईन्छ त ? आउनुस यसबारे तीनओटा महत्वपूर्ण जानकारी लिईराखौँ ।

    १. Gmail ले "." (dot) लाई गन्दैन ।

    तपाईको जिमेल आईडि को बिचमा "." (dot) छ भने जिमेलले यसलाई गन्दैन ।
    जस्तै: तपाईको ओरिजिनल जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र ति जस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
    s.anosansar@gmail.com
    sa.nosansar@gmail.com
    san.osansar@gmail.com
    sano.sansar@gmail.com
    sanos.ansar@gmail.com
    sanosa.nsar@gmail.com
    sanosan.sar@gmail.com
    sanosans.ar@gmail.com
    sanosansa.r@gmail.com
    s.anosansa.r@gmail.com
    आदि ईत्यादि !
    अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com) को ईनबक्समा आईपुग्छन ।

    २. gmail.com र googlemail.com एउटै हुन् ।

    मानौँ तपाइको जिमेल आईडि sanosansar@gmail.com छ भने sanosansar@googlemail.com लाई पनि तपाईले आफ्नो ईमेल आईडिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

    ३. Gmail ले '+' (plus) पछाडिका अक्षरहरुलाई गन्दैन ।

    Gmail ले '+' पछाडिका कुनै पनि अक्षरहरुलाई गन्दैन । त्यसैले, तपाईको जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र तिजस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
    sanosansar+abcd@gmail.com
    sanosansar+apple@gmail.com
    sanosansar+facebook@gmail.com
    sanosansar+123@gmail.com
    sanosansar+contact@gmail.com
    sanosansar+nepal@gmail.com
    sanosansar+admin@gmail.com
    sanosansar+tricks@gmail.com
    sanosansar+friend@gmail.com
    अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com)को ईनबक्समा आईपुग्छन ।

    उपयोगिता :

    जिमेलले नगनेतापनि अरु धेरै साईटले '.' , '+' आदिलाई मान्यता दिनेहुदाँ जिमेलका यि फिचरहरुको प्रयोग गरेर हामीले एउटै ईमेल आईडिबाट कुनै पनि साईटमा एकभन्दा धेरै एकाउन्टहरु बनाउन सक्छौँ । यो नै यसको सबैभन्दा महत्वपूर्ण फाईदाको कुरा हो ।


    Continue Reading
     

    About The Author

    Site Statistics

    eXTReMe Tracker

    सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.